अनलाईन काम र आम्दानी
केही समय अगाडी अनलाईन जब (Online Job) भनेर निशुल्क होष्ट गर्न सकिने वेबसाईटमा गुगलका बिज्ञापनहरुलाई क्लीक गर्न लगाई काम गर्ने गराउनेहरु प्रशश्त देखीए । केहीले सार्है छोटो समयमा राम्रै आम्दानी पनि गरे भनीयो भने केहीलाई धोकापुर्ण तरिकाले क्लीक गरे वापत 'गुगल' ले सस्पेन्ड (Suspend) गरीदिदा रित्तो हात हुनेहरु पनि देखीए । अहिले अनलाईन जब को कुरा आउदाँ सिकारुहरुको लागी गुगल एडसेन्स (Google Adsense) बाट गर्न सकिने आम्दानीको खासै कुरा हुदैन । हुन पनी गुगलले केहीले प्रचार गरे जस्तो गरी कसैलाई पनि ह्वारह्वार्ती पैसा बर्साउदैन र अर्को मुख्य कुरा भनेको गुगलले प्रदान गर्ने बिज्ञापन र त्यस बापतको रकम भनेको सर्वसाधरणले आफ्नो बस्तु वा सेवाको बजार प्रवर्दन गर्न गुगललाई दिए वापतको रकम हो जसको सञ्चालन गुगलले आफ्नो प्रणालीवाट गरी रहेको हुन्छ जसबाट निश्चीत रकम गुगलले लिएर विज्ञापन वापतको वाँकी रकम एडसेन्स प्रयोगकर्तालाई दिने गर्दछ । यस्तोमा भनिरहन पर्दैन दाताले विज्ञापन वापत त्यसबेला मात्र भुक्तानी (Payment) गर्छ जस्को औचित्य पुष्टी होस । गुगल होस वा सर्वसाधरण जसले पनि आफ्नो भुक्तानी सम्बन्धीत र सही ब्यक्तीलाई पुगीरहेको छ कि गलत तरीकाले भुक्तानी पुष्टी गर्न खोज्नेहरुको मा पुगीरहेको छ त्यो त हेर्छ नै तर यस्तोमा गुगललाई ढाट्न सकिदैन । धेरै बाठो भएर पैसा कमाउन खोज्नेहरु यहीबेला चुक्छन भने अर्को तिर गुगलका शर्तहरुलाई पुर्णत पालन गरेर राम्रै आम्दानी गर्नेहरु पनि प्रशश्तै भेटिन्छन । गुगलको प्रणालीले बुझ्ने अंग्रेजी भाषामा बनाईएका ब्लग तथा वेबसाईटहरु बाट सम्न्धीतको वेबसाईटको कन्टेन्ट (Content) मा आधारीत बिज्ञापन राखेरै गुगल बाट आम्दानी गर्नेहरु नि मनग्यै छन तर यसको लागी गुगल बिज्ञापन शर्तहरु बारेमा राम्रो जानकारी हुनु पर्दछ । गुगलको बिज्ञापन सम्बन्धी आफ्नै निती छ ।गुगलललाई छोडेर मासिक न्युनतम दश , पन्ध्र हजार कमाउन सकिने भनिएका सबै 'अनलाईन जब' का बिज्ञापनहरु पुर्णत असत्य भने हैनन । तर यो लक्ष्य प्राप्तिको लागी सम्बन्धीत ब्यक्तीको अंग्रेजी भाषा, ईन्टरनेट लगायत अन्य आधारभुत सफ्टवेयर सम्बन्धी ज्ञान भने उम्दा हुनु पर्दछ । मुख्यत: ईन्टरनेट र भाषा सम्बन्धी सिमीत ज्ञान भएको ब्यक्तीलाई माथी उल्लेख गरे झै मासिक १० देखी १५ हजार आम्दानी गर्न भने धेरै नै कठिन पर्छ । ईन्टरनेटमा अनलाईन काम गरेर पैसा कमाउनको लागी ‘डाटा ईन्ट्री (Data Entry) ’, ‘डाटा कन्भर्सन (Data Conversion) ’, ‘डाटा एड पोष्टिङ (Data Ad Posting) ’,‘अनलाईन फर्म फिलिङ (Online Form Filling) ’ , 'सर्च ईन्जीन अप्टीमाईजेशन (Search Engine Optimizetion) ', 'कन्टेन्ट राईटिङ्ग (Content Writing) ', 'वेब डिजाईनिङ्ग (Web Desiging) ' , 'कम्प्युटर तथा मोबाईल एप्लीकेशन (Computer & Mobile Application) निर्माण' , आदी कामहरु पाईन्छ । बजारमा बिषयगत दक्षता आवश्यक पर्ने काममा ठगिने हरु तुलनात्मक रुपमा डाटा ईन्ट्री , डाटा एड पोष्टीङ्ग , डाटा कन्भर्सन जस्ता कामहरु गरी मासिक हजारौ आम्दानी गर्ने सपना बोकेका हरुको तुलनामा धेरै नै कम छन ।
धेरैलाई डाटा एड पोष्टीङ्ग , डाटा कन्भर्सन , डाटा ईन्ट्री जस्ता कामहरु जो कोहीले गर्न सक्ने काम हो भन्ने भ्रम रहेको पाईन्छ । केही आक्कल झुक्कल र सानो सङ्ख्यामा कुनै लिङ्कलाई अर्को वेबसाईटमा पोष्ट गरेर केही पैसा कमाउने काम भेटिएला तर धेरै यस्ता डाटा एड पोष्टीङ्ग, कन्भर्सन, ईन्ट्री जस्ता कामहरु दिने क्लासिफाईड वेबसाईटहरुमा आफ्नै निती नियम हुन्छन । जस्तो कि कुनै बिषयको बिज्ञापन फलानो देश जनाउने डोमेन भएको क्लासिफाईड साईटमा गएर पोष्ट गर्नु पर्ने , आफुले पोष्ट गरेको बिज्ञापन एक्सेस गर्नको लागी डाईरेक्ट लिङ्क (Direct Link) दिनु पर्ने, बिज्ञापन दोर्ह्याएर पोष्ट गर्न नपाईने आदी आदी । डाटा ईन्ट्री गर्ने काममा दाताले तपाईले ईन्ट्री (Entry) गरेको डाटामा धोखाखडी नहोस भनेर बिभिन्न सावधानी अपनाएको हुन्छ । स्क्यान (Scan) गरीएका किताबलाई टाईप गर्ने काम गर्दा तपाईले केही राम्रै आम्दानी गर्न सक्नु हुन्छ तर यस्तो काम दिने अधिकांस तपाईले टाईप गरेको कन्टेन्ट गतल भएमा यतिवटा गल्ती भएमा यती पैसा काट्ने भन्ने सम्मको प्रावधान राखेका हुन्छ । त्यस्तै बिषयगत ज्ञानको आधारमा गर्न सकिने कन्टेन्ट राईटिङ्ग जस्ता कामहरु बाट पनि आम्दानी गर्न सकिने भएता पनि तपाईले कतैबाट हुबहु सार्नु भो भने सजिलै पक्राउ खानु हुन्छ । यस्तोमा तपाईको सानो असावधानीले ठुलो मेहनत खेर जान सक्छ । केही वेबसाईटहरुले अनलाईन जब गर्नको लागी एक ब्यक्ती सो साईटमा एउटा मात्र खाता बनाउन पाईने प्रावधान गरेको पाईन्छ । सजिला कामहरु गर्नको लागी ति साईटहरुमा एकभन्दा बढी खाता बनाएर राम्रो आम्दानी गरीसके पछी अचानक ब्लक भएकाहरु पनि भेटिन्छन ।
नेपालमा ईन्टरनेट मार्फत अन्तराष्ट्रीय फण्ड ट्रान्सफरको प्रावधान नभएकोले आफ्नो काम गरेको वापतको सहज भुक्तानी एउटा मुख्य समस्या हो । यि र यस्तै अन्य बिषय बारे आगामी अंकमा जानकारी दिईने छ
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
घरमै पाउनुहोस् अन्तराष्ट्रिय मास्टरकार्ड, त्यो पनि सित्तैमा
-
फेसबुक पेज लाईक गर्नुस् , पैसा कमाउनुस् !
-
How to Get a Payoneer Mastercard with USA Bank Account and $25 Bonus
-
Bidvertiser : ब्लग चलाउँदै डलर कमाउने सजिलो माध्यम
-
Get Payoneer Master Card घरमै पाउनुहोस् अन्तराष्ट्रिय मास्टरकार्ड, त्यो पनि सित्तैमा
-
अनलाईन काम र आम्दानी
-
Online Jobs In Nepal Free Training & Support for Life Time
-
कसरी अमेरिका बैंक खाता संग एक Payoneer मास्टरकार्ड प्राप्त र $ 25 बोनस गर्न
-
घरमै पाउनुहोस् अन्तराष्ट्रिय मास्टरकार्ड, त्यो पनि सित्तैमा Payoneer Master Card
-
कैसे यूएसए बैंक खाते के साथ एक Payoneer मास्टरकार्ड जाओ और $ 25 बोनस

वाउ धेरै उपयोगी लाग्यो लेख.............. म पनि सपना देख्थेँ की डाटा इन्ट्रि जब गरेर पैसा कमाउछु भनेर । तर, त्यो सपना पूरा हुन सकेन । अनलाईनमा भेटिएका अधिकांश साइटहरु झुटो हुन्छन् । केही लेजिटिमेट साइट छन् भने उल्लेख गरिदिनु भए आभारी हुने थिएँ ।
ReplyDelete