एडसेन्स खाता बन्द हुन बाट बच्ने १२ काईदा

एडसेन्स खाता बन्द हुन बाट बच्ने १२ काईदा

गुगल एडसेन्सको हिसाब किताब गर्ने हो भने भन्नै पर्छ यसको बारेमा अलिअलि बुझेर पनि मैले कमाउन चाही सकिन ।हुनलाई मैले गुगलबाट पैसा कमाउछु भनेर ब्लगिङ्ग शुरु गरेको चाही हैन तर ब्लगिङ्ग गरेरै कसैले कमाई रहेको छ भन्ने थाहा पाए पछी भने लोभ लाग्दो रहेछ । अब कमाउनको लागी म सँग कुनै ब्लग छैन । अलिअलि कमाई हुने गरेको ब्लगलाई कसैले रिपोर्ट गरी दिएकोले मेरो लगभग सबै जस्तो साईटहरु एडसेन्सले ब्लक गरेका छन । शत्रुलागे पछि कति सम्म हुन्छ भने blog.anish.com.np जस्तो औसत नेपाली  वेवसाईटको भन्दा कम भिजिट हुने साईटमा पनि एडसेन्स बन्द भएको छ । कमाउनु नसक्नुको अर्को मुख्य कारण चाँही मेरो अल्छी बानि ब्यहोरा र नेपाली भाषामा सञ्चालनमा रहेका ब्लगहरु हुन ।

आजभोली गुगल एडसेन्स बाट पैसा कमाउनकै लागि खोलीएका साईटहरुको (made for adsense) विज्ञापन फेसबुकमा खुबै देखिन थालेका छन् । सिरियस ब्लगरहरुले त्यसरी पैसा कमाउदैनन भन्ने लाग्छ मलाई । तर त्यसरी पैसा नकमिने भने हैन । यो चाही एक डेढ महिना पैसा कमायो साइट बन्द गर्‍यो । अनि फेरी त्यस्तै नयाँ साइटको धन्दा सुरु गर्‍यो भने जस्तो हो । किनभने गुगल हामीले सोचे भन्दा कयौ गुणा बाठो छ । यसले सित्तै कसैलाई पनि पैसा दिदैन । यसले थोरै पैसा कमाउनेहरुलाई नजरअन्दाज गरी दिदाँ केहीले कमाउने मात्र हो ।  गुगलबाट पैसा कमाउन सजिलो छैन । पैसा कमिन थाल्यो भने पनि धेरै कुरा बिचार गर्नु पर्दछ , जस्तो कि

  1. झुक्केर पनि आफ्नो एड आफै क्लिक नगर्नुहोला । यदि क्लिक भैहाल्यो भने यो फर्म भरेको राम्रो ।
  2. गुगल एडसेन्स ले जेनेरेट गरेको कोडलाई मोडिफाई नगर्नु होला । (आजभोली यो समस्या छैन तर केही पहिले नेपाली कन्टेन्ट भएको साइटमा कसैगरी पनि एड देखाउदैन थियो त्यसैले धेरै डेभलपरहरु गुगल एडसेन्सको कोडमा google_langage = "en"; थपेर एड देखिने बनाउथे । खासमा यो गर्न नहुने कुरा हो । गुगलले एडसेसन् ब्यान्ड गर्नको लागि यही एउटा गल्ती काफी छ । )
  3. गुगल पोलिसि अनुसार , पपअप, सफ्टवेयर डाउनलोड गर्ने पेज, आईफ्रेम आदिमा एडसेन्स राख्न पाइदैन ।
  4. कन्टेन्ट नभएको वा एकदमै थोरै कन्टेन्ट भएको थ्याङ्कयुज , वेलकम पेज, स्पाल्स पेज आदीमा एडसेन्स राख्न पाईदैन ।
  5. एडल्ट कन्टेन्ट, जातीय सदभाव भड्काउने सामग्री भएको कन्टेन्ट, टोरेन्ट लिङ्ग भएको पेज, आदीमा झुक्केर पनि एडसेन्स राख्न हुदैन । ह्या के था पाउला भन्नुहोला मैले यो पोस्टमा केही टोरेन्ट लिङ्गहरु राखेर पब्लीस गरेको ७२ घण्टा भित्रमा यो कन्टेन्ट हटाऊ भनेर गुगल बाट इमेल आएको थियो ।
  6. तपाईँको साइटमा वा अझ भनौ सर्भरमा कसै गरी मालवेयर आदी ईन्सटल भए नभएको निक्यौल गर्नुहोस ।
  7. एउटा नाम चलेको ब्लगले पहिले पहिले राम्रो गुगल एडसेन्स देखीयोस भने राम्रो राम्रो किवर्ड हाईड गरेर राखेको थियो रे पछि गुगल ब्यान्ड गर्देछ । राम्रो एडसेन्स देखियोस भने झुक्केर पनि किवर्डहरु हाईड गरेर राख्न हुदैन ।
  8. भिडियो वा कुनै लिङ्कको छेउमा प्रयोगकर्तालाई झुक्काउने गरी एडसेन्स राख्न हुदैन । आजभोली देखिने गरेको ब्याकग्राउन्डमा युट्युबको स्क्रिनसट भएको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस भनेर गुगल एडसेन्समा क्लिक गराउने काइदा एकदमै गलत हो ।
  9. अरूको साइटबाट कन्टेन्ट चोरेर एडसेन्स बाट पैसा कमाउछु भनेर सोच्नु गलत हो । कन्टेन्ट चोरेको पत्ता लगाउने copyscape.com जस्ता साईटहरु मनग्यै छन् । कन्टेन्ट चोरेको प्रमाण सहित गुगललाई रिपोर्ट गर्दिनु भनेको पनि तपाईँको एडसेन्स बन्द हुन सक्ने एउटा कारण हो ।
  10. एडसेन्सको पोलिसि अनुसार एडसेन्सको माथि तल क्लिक गर्नुहोला । डाउनलोड गर्न / भिडियो हेर्न तल क्लिक गर्नुहोला जस्ता प्रयोगकर्तालाई झुक्याउने शब्द राख्न पाईदैन । स्पोन्सर लिङ्क आदी लेख्नलाई गुगलले रोक्दैन ।
  11. एउटा पेजमा बढीमा ३ वटा एड युनिट , ३ वटा लिङ्क युनिट वा २ वटा भन्दा बढी सर्च बक्स राख्न पाईदैन ।
  12. आफ्नो साइटको ड्रपडाउन मेनुको मुनि पट्टी गुगल एडसेन्स राख्न पाइदैन ।

0 comments: