Online Jobs In Nepal Free Training & Support for Life Time

Are you assuming to act characteristically used. If yes then oblige us. We give different sorts of home based online businesses in Nepal. There is no need of informative establishment for these occupation. It is endless supply of each and every level of people. In any occasion you have to pass S.L.C (School Level Certificate) to join our vocations. We have our own online business group for you which is definitely not hard to perform. It doesn't require any exceptional fitness. Sorts of jobs our association is giving are according to the accompanying:

online livelihoods in nepal

online livelihoods in nepal.

1. Google Adsense:  We will guarantee that you will increase slightest Rs.15000-Rs.30000 Per month structure google adsense. The people who are doing splendidly are winning more then Rs.100000 consistently from google adsense. so hustle a tad and oblige us we will totally control you how to procure tremendous money structure web with the help of google adsense. Both the People who are admission in adsense and the people who need to win money from your webpage or site can recall that us.

2. Substance exchanging: It means exchanging the articles, photo, highlights, news, things, jokes, story, thus on we will demonstrate to you generally accepted methods to do all the things.

3. Web Designing and Development: If you have to capacity as  web fashioner and designer kindly don't waver to contact us at the given underneath telephone number.

4. Articles Writing:  You can create articles on any classes. Try not to push, we will totally control you how to form incredible articles to increase more money.

You can create articles on any focuses taking after are the most required subjects for us.

a. Online Jobs in Nepal:- Write an articles about Online jobs in Nepal and win up to Rs.1000 each articles. we will guide you how to win Rs.1000 each articles.

b. Paypal Solution in Nepal :- Write an articles about Paypal course of action in Nepal and get up to Rs.1000.

Come & Learn, Go & Earn.money-droper

We do give acceptable get ready to candidate until he/she is perfect in the related occupations which we give. This readiness contains assorted musings of procuring where you don't need to do extra handworks. Most entrancing a part of our obligations is that you can do it low upkeep or full time, as you wish. There is no restriction or imperative for our occupations. There is no at whatever time farthest point to perform these occupation. The more you work the more you get.

Taking after are some of our Training Course.

1. Web Designing and Development.

2.Wordpress.

3. Photoshop.

4. Substance exchanging.

5. SEO (Search Engine Optimization).

6. Article Writing.

7. Google AdSense.

8. HTML.

9. Data Entry Job.

Online Jobs In Nepal

Online Jobs In Nepal

0 comments:

ब्लग कसरी वनाउने ? Blog Tips

अव, यो पोष्टले भने माछा खान सिकाउने मात्रै हैन , मार्न पनी सिकाउने छ । मेरै केहि  साथीहरुले ब्लग भन्या घर वनाउन प्रयोग हुने 'ईट्टा-टायल- व्लग' भनेर जोकिङ गर्ने गर्थे अव तिनीहरुको लागी पनी उपयोगी नै हुनेछ । 

ओर्डप्रेस डटकम र व्लगर डटकमवाट विश्वमा वढी व्लग वनेको पाईएको  छ । म आफु स्वयमंले ओर्डप्रेसको व्लग/बेवसाईट प्रयोग गर्दै आएको त छु तर पनी गुगलको व्लगर डटकमप्रती नै वढी रुची छ, व्लगर डटकम नै फ्रेन्डली लाग्छ । आर्डप्रेस डटकमवाट कसरी व्लग वनाउने अर्को समय सिकौला तर अहिल्य भने व्लगर डटकमवाट कसरी व्लग वनाउने त ? सवैभन्दा पहिले  गुगल एकाउण्ट हुन भने आवश्यक छ । 

 www.blogger.com  लग ईन गर्नुस् । 


माथी फोटोमा देखाईएझै ईमेल आईडी र पासवर्ड टाईप गरेर साईन ईन गर्नुस् । 


New Blog मा मा क्लिक गर्नुस् । यहाँ क्लिक गरिसकेपछि तपाईले  Blog Title , Blog URL , Template छनोट गर्नुपर्ने हुन्छ । 

यहाँ उदाहरणको लागी Blog Demo वनाईदैछ । व्लगको नाम Nepali Blog  दिएको छु । त्यस्तै व्लग (ठेगाना) URL : blogkasaribanuni.blogspot.com (व्लग कसरी वनाउने डट व्लगस्पोर्ट डटकम) राखिएको छ । Blog Name  खोजी गर्दै गर्दा अरुले प्रयोग गरिसकेको छ या छैन ? हेर्न जरुरी छ । कसैगरी खोजीएको नाममा भेटिएन भने अरु नाममै खोजी गर्नुपर्ने हुन्छ ।  त्यस्तै Dynamic Views टेम्प्लेट पनी छनोट गरिएको छ । र अन्त्यमा  Create blog लेखिएको ठाउँमा क्लिक गदैछु ।


ल अव भने व्लग तयार भयो । Your Blog has been created ! लेख्या त देख्नु नै भयो । त्यस्तै अर्को तर्फ पेनको आईकन पनी देख्नुहुन्छ ।  त्यहा क्लिक गर्नुस् : 


    अव भने यस्तो वक्स देख्नुहुन्छ । के विषयमा व्लग लेख्दै हुनुहुन्छ ?  माथी हेडलाईन राख्नुस्,  Body  मा भने विस्तृत सामाग्री राख्नुस् । के विषयसगँ सम्वन्धीत छ Labels मा Key word पनी राख्नुस् । र अन्त्यमा Publish मा क्लिक गर्नुस् ।

एक लाईन लेखेर Publish गर्दा यस्तो देखिएको छ । व्लग सफलता पुर्वक पोष्ट भएको छ । अव भने अरुले पनी सजिलै व्लग पढ्न सक्छन् । 

 Layout मा गएर व्लग खोल्दा देखिने चिन्ह (B) पनी Favicon मा गएर परिवर्तन गर्न सक्छौ । के कति पोष्ट कस्तो आकार/प्रकारमा देखिने वनाउने हो ?  त्यसको लागी Blog posts को Edit मा गएर मिलाउन सकिन्छ । त्यस्तै फेसवुक लाईक, गुगल प्लस, ट्वीटर ह्याण्डल थप्नुपर्ने भयो , गुगल एड्सेन्स नै राख्नुपरो भनेपनी Add a Gadget मा गएर HTML/JavaScript मा क्लिक गरेर सजिलै कोर्ड पेष्ट गर्न सकिन्छ । र अन्यमा भने Save Arrangement गर्न नविर्सनुहोला ।  


व्लग तयार भईसक्यो ।

0 comments:

व्लग के हो, ए पैसा पनी कमाउन सकिन्छ ? Blog Tips


धेरै पैसा कमाउने रहर कसलाई हुँदैन ? व्यक्तिगत एवम पारिवारीक खर्च धान्नसामाजिक गतिविधी एवम् हितका लागि जानकारी राख्नु व्यवस्थित तुल्याउनु हरेक व्यक्तिका कर्तव्य र उत्तरदायित्वहरु हुन्यो सबैलाई थाहा भएकै कुरा हो तर यसो भन्दैमा सबैले यी क्षेत्रमा दक्षता हासील गरेका हुन्छन् अनि त्यसमा सफल हुन्छन् भन्न सकिन्न । 

तर खर्च टार्ने या सहयोग पु¥याउने सही माध्यम पत्ता लगाउन सके अनि धैर्यताका साथ मेहनत गरे अवस्य पनि सफलता प्राप्त हुन्छ भन्ने मेरो आफ्नो व्यक्तिगत अनुभव तथा मान्यता रहेको छ ।




यहाँ प्रस्तुत गर्न खोजिएको कुरा के हो भने नेपाली परिवेशमा बढिरहेको बेरोजगारी समस्या हल गर्नमा अनलाइन ब्लगिङ्गबाट केही हदसम्म सहयोग मिल्न सक्छ भन्ने हो । ब्लगिङ्ग वास्तवमै पैसा कमाउने एउटा भरपर्दो माध्यम हो । 

ब्लगिङ्ग र एडसेन्सका बारेमा छोटकरीमा जानकारी गराउने जमर्को हो । अब जाउँ प्रसंगमा,
त्यसो भए ब्लग के हो त ?
वास्तबमा कागजी पानामा लेखिने दैनिकी Diary को अनलाइन स्वरुप नै ब्लग हो जसमा आफू आफ्ना समाज राष्ट्रका गतिविधीहरु एवम विचार भावना इत्यादि कुराहरु व्यक्त गरिन्छ । जुन विश्वका विभिन्न ठाउँबाट इन्टरनेट माध्यममा देखिन्छजहाँ विश्वका हरेक ठाउँबाट सल्लाह सुझाव एवम् प्रतिक्रयाहरु बाड्न सकिन्छ । त्यसैले वेभ माध्यमामा लेखिने डायरी भएकोले यसलाई Web-blog भनियो जसको छोटकरी Blog हो । 

हरेक कुरा परिर्वतनशील छसमयको चक्रमा हरेक कुरा परिवर्तन हुँदै नयाँ रुप तथा स्वरुपमा परिणत हुँदै जान्छन् यो सबैलाई थाहा भएको कुरा हो । त्यस्तै यो नियम इन्टरनेट जगतमा पनि लागू भयो । शुरुमा व्यस्त पश्चिमी मुलुकहरुमा बढ्दो अत्याधुनिक इन्टरनेट प्रविधी र फस्टाउदो अनलाइन व्यापारका कारण व्यापार व्यावसायको प्रचार प्रसारका लागि विभिन्न वेवसाइट तथा ब्लगहरु सिर्जना हुदै गए र विभिन्न अनलाइन विज्ञापन एजेन्सी तथा अनलाइन रोजगारी दिलाउने संस्थाहरु स्थापना हुँदै गए । 

तर पछि  यी सबै कुराहरुलाई व्यवस्थित गर्दै गुगुल अग्रणी स्थानमा उभिन सफल भयो जुन आज पनि कायमै छ । अनलाइन विज्ञापन तथा सर्च इन्जिनका रुपमा प्रस्तुत गुगलले आफ्ना सेवा सुविधाहरु प्रस्तुत गर्दै जाने क्रममा विभिन्न कार्यक्रमहरु ल्यायो जसले सबैको मन जित्तै गयो अरुलाई पनि कमाउने आफू पनि कमाउने नीति अनुसार अगाडि बढ्दै गयो । जुन कुरा हामी www.blogger.com , www.blogspot.comwww.adsense.com , www.gmail.com तथा भिडियो साइट www.youtube.com  बाट गर्न सक्छौ ।

यी भए साधारण जानकारी एवम बिगतका कुराहरु । हाल आएर यो अझै व्यापक रुपमा छाएको छ भने पश्चिमी मुलुकमा मात्र सीमित नरहेर विश्वभरी नै फैलिएको छ भने नेपालमा पनि दिन प्रति दिन विस्तार हुँदै गइरहेको छ । किनकी यो व्यक्तिगत एवम् व्यासायिक दुवै आम्दानीको राम्रो स्रोत बनेको छ । पार्टटाइम फुलटाइम ब्लगिङ्ग गरेर आफू तथा पारिवारिक खर्च धान्न समेत राम्ररी आम्दानी गर्न सकिन्छमेहनत र धैर्यता चाहिन्छ ।
मेरो आफ्नो कुरा गर्दा हाल म इजरायलमा केयरगिभरको रुपमा काम गर्छु र केयरगिभरको कामबाहेक खाली समयमा पार्टटाइममा ब्लगिङ्ग गरेर महिनामा औषतमा छ सय डलर USD कमाउँछु । मैले यस हो । फुलटाइम गर्ने हो भने अवस्य राम्रो आयआर्जन गर्ने कुरामा दुइमत छैन । 

शुरुमा त मलाई पनि विश्वास लागेको थिएन खाली तीसहजार डलरपचासहजार डलर कमाउँछन भन्ने सुन्दा ठगी गर्ने होला गुगलले भन्ने लाग्थ्यो । अनि एकपटक ट्राइ गरौं नत भनेर प्रयास गर्दै गए शुरुको महिनामा तीनसय उनान्सत्तरी डलर जम्मा भयो र मैले रिलिस गरे केही हप्ता पछि आयरलैण्डबाट ठूलो खाममा चेक आयो अनि बैंकमा जम्मा गरे अनि विश्वास भयो र अझ मिहिनेत गरे दोस्रो महिनाबाट आम्दानी बढ्दै गयो हाल आएर र मासिक छ देखि सात सयसम्म हुन्छ । यो मेरो खुशीको कुरा हो । सायद अन्य मित्रहरुमा पनि यो अनुभव हुन सक्छ । त्यसैले मैले आफूले पाएको खुशीको कुरालाई तपाईंहरु माझ बाड्न पाउँदा झनै खुशी छ । त्यसैले रहरमा बाँधिएको जीवनलाई यथार्थमा ल्याउन प्रयास गर्नै पर्छ । यहाँ रहर कल्पना होकल्पना भनेको योजना हो हरेक कार्यको योजना बनाउनु पर्छअनि कार्यन्वयन गर्नु उत्तिकै महत्वपूर्ण हुन्छ ,कार्यन्वयन गर्नका लागि मेहनत जागरुकता र धैर्यता चाहिन्छ । मेरो विचारमा नेपालको सन्दर्भमा ब्लगिङ्गले स्वरोजगार सिर्जना गर्नमा महत्वपूर्ण भूमिका खेल्नेछ । अनि त्यो थाल्नु भन्दा अगाडि केही जानकारी लिन आवश्यक ठान्दछु त्यसैले यस अंकमा जानकारीहरु मात्रै दिने प्रयास गरिएको छ ।

अब त्यो कुरा जहाँबाट म आम्दानी  गरिरहेको छु त्यसको बारेमा थोरै जानकारी लिइ राखौं ।

Google Adsense के हो ?
Google Webmasters को विज्ञापन कार्यक्रम अन्तरगत Adword भनिने कार्यक्रमको संयुक्त रुप नै Adsense हो । भन्नाले Adword विज्ञापन नीति अन्तरगत विज्ञापनदाताहरुले दिएको विज्ञापनलाई प्रचारप्रसारको क्रममा विभिन्न इन्टरनेट माध्यमहरुबाट जनमानसमा पु¥याउने माध्यम हो । जसले वेवसाइट तथा ब्लग धनीहरुलाई Adsense बाट संकलित विज्ञापनहरु आफ्ना साइट तथा ब्लगहरुमा राख्ने अनुमति दिने कार्य गर्दछ ।





हामी कसरी आम्दानी गर्छौं त ?   
साराशंमा भन्नुपर्दा Google.com मा विज्ञापनदाताहरुले आफ्नो विज्ञापन विस्तार गर्न केही रकमहरु तिरिरहेका हुन्छन्,अनि जब विज्ञापन राखिएको साईट हेरिन्छ त्यतिबेला Google ले त्यो विज्ञापनका लागि विज्ञापनदाताहरुले तिरेको पुर्वनिर्धारित रकमबाट केही प्रतिशत अंश छुट्याएर तिर्ने गर्दछ पछि त्यो नै हाम्रो आम्दानी हुन्छ । ती Adword हरु कस्ता हुन्छन भन्ने जानकारी लिनका लागि कुनै पनि बेला  Google.com मा कुनै पनि कुरा खोजी गरेर रिजल्ट पेजको दाहिने पटिको साइटमा हेर्न सक्नु हुन्छ । उदाहरणका लागि मैले यहाँ खोजी गरेको कुरालाई चित्रमा प्रस्तुत गरेको छ । 





यी भए Adword का कुराहरु । त्यसैगरी Adsense कार्यक्रम Adword भन्दा बिल्कुलै फरक कार्यक्रम हो जसले Adwordविज्ञापनहरुलाई प्रचार प्रसार एवम् विस्तार गर्नका लागि तपाईं हामी जस्ता ब्लग तथा वेवसाइट संचालकहरुलाई ती आफ्ना साइट तथा ब्लगहरुमा प्रसारित गर्नका लागि अनुमति दिने काम गर्छ । अनि हाम्रो साइट तथा ब्लगहरुमा विज्ञापन राखिदिए वापत एडवर्ड ग्राहकहरुबाट गुगललाई तिरिएको रकमको केही रकम छुट्याउने गर्दछ । अर्को शब्दमा भन्नु पर्दाAdsense Publisher को हैसियतले तपाईंले गुगललाई ती Adword विज्ञापन प्रचारका लागि सहयोग पु¥याउनु हुन्छ 

 पाईंले त्यो कोड आफ्नो साइटमा राखीसकेपछि गुगलले आफ्नो अत्याधुनिक स्वचालित अनलाइन प्रविधिमार्फत अघि माथि उल्लेख गरिएको साइटको कन्टेन्ट पढ्छ र त्यो ब्लग तथा साइट के बारेमा हो भन्ने कुरा छुट्याइसके पछि त्यही अनुसार का विज्ञापनहरु डिस्प्ले गर्छ । यसका लागि विज्ञापन कोड राखिसके पछि  दश मिनेटको समय लिने गर्दछ । 
 


विज्ञापन राख्न सुरु गरेसगै तपाईको कमाई पनी सुरु हुन्छ ।  यसरी आम्दानी बढ्दै एकसय डलर पुगेपछि गुगलले चेक पठाउने गर्दछ । जुन चेक तपाईंले आफ्नो बैंक खातामा जम्मा गर्न सक्नु हुने छ । वेस्टर्न युनियन बाट पनि सिधै प्राप्त गर्न सकिन्छ ।

 
एड्सेन्स एकाउण्ट कसरी खोल्ने 

एडसेन्स एकाउन्ट खोल्नुभन्दा पहिले र खोलीसकेपछि ध्यान दिनुपर्ने कुराहरु एवम् ब्लग तथा वेवसाइटहरुमा एडसेन्सबाट कसरी आम्दानी बढाउन सकिन्छ त्यसबारे केही मत्वपूर्ण टिप्सहरु तपाईंसँग बाँड्ने जमर्का गरेको छु । आशा छ यसले तपाईंलाई पक्कै पनि गर्ने नै छकिनकी जुन कुराले मलाई सहयोग पु¥याएको छत्यसले तपाईलाई पनि सहयोग पु¥याउने छ भन्ने मेरो ठहर हो ।

एडसेन्स एकाउन्ट खोल्नुभन्दा पहिला ध्यान दिनुपर्ने कुराहरुः

1. सर्वप्रथम त सक्कली Gmail account बनाउनुहोस जसले तपाईलाई पछिसम्म ठूलो सहयोग गर्ने छ ।
ड्ड  त्यो जीमेल एकाउन्टबाट ब्लगर एकाउन्ट बनाउने जसका लागि
http://www.blogger.com/तथा  http://www.blogspot.com/ मा गएर ब्लगर एकाउन्ट बनाउनु होस अर्थात Signup गर्नुहोस्
2.  तीन महिनासम्म ब्लगिङ्ग पोस्टिङ्ग प्रचारप्रसार गरी साइट भिजिटर बढाउने काम गर्ने जसको लागि फेसबुक,टुइटर एकाउन्ट बनाइ शेयर गर्नेजहाँ तपाईं आफ्ना नीजी सामाग्रीहरु शेयर गर्नुहुनेछ । छाडा कसैका गाली बेइज्जती हुने किसिमका तथा अरुको अधिकार भएको सामाग्रीहरु प्रयोग नगर्नुहोस् ।

3. आफ्नो ब्लग तथा साइटमा  Right Click disable नगर्नुस् ।
ड्ड  तीन महिनाको समय पछि  www.blogger.com बाट Custom Domain किन्न सक्नुहुन्छ,जसले तपाईंको एडसेन्स एकाउन्टलाई पूर्ण स्वीकृती दिन थप मद्दत गर्दछ ।

4. आफूले दिने साम्रागीहरु अंग्रेजीमा नै गर्नेकिनकी अंग्रेजी भाषाका सामाग्रीहरु भएको ब्लगमा एडसेन्स एकाउन्ट एप्रुभ हुन सजिलो र छिटो हुन्छ । एप्रुभ भएपछि नेपाली युनीकोड प्रयोग गरी आफ्नै भाषामा पनि चलाउन सकिन्छ ।

5. अब Domain किनी सकेपछि पनि एडसेन्स एकाउन्ट खोल्न नहतारिनुस अझै ३ महिना जति पर्खनुस । तीन महिनासम्म अझै राम्रो कन्टेट दिनुस भिजिटर बढाउनुस् ।

6.  अब तीन महिना बितेपछि एडसेन्स एकाउन्ट खोल्न शुरु गर्नुस् ।

7.   एडसेन्स एकाउन्ट खोल्नका लागि १८ वर्ष नाघेको हुनु पर्नेछ ।

8.  एडसेन्स एकाउन्ट खोल्नका लागि वेवसाइट तथा ब्लग हुनु पर्नेछ ।

9.  तपाइको सही ठेगाना तथा पोस्टल कोड हुनु पर्नेछ ।

कसरी खोल्ने त?

 ब्राउजर एड्रेस बारमा www.google.com/adsense  टाइप गरी  चित्रमा देखाए झै  Sign Up Now मा क्लिक गर्नुस ।

 त्यस पछि दोस्रो स्टेप देखा पर्छ  
 



 माथि कालो घेरो लागेको ठाउँमा क्लिक गर्नुस ।


चित्रमा रातो घेरा लगाए ठाउँमा राखे जस्तै गरी तपाइको ब्लग तथा साइटको ठेगानाभाषा
English-English तल I have Read and agree भनेको ठाउँमा क्लिक गरी Continue  लेखेको ठाउँमा क्लिक गर्नुस ।



 - त्यस पछि अब फारम भर्नु पर्ने छ । तलको चित्रमा मैले सजिलोको लागि नेपालीमा लेखिदिएको छु तर तपाइले भने अंग्रेजी मै लेख्नु पर्नेछ । फर्म भरीसके पछि  Submit My application मा क्लिक गर्ने । अनि Google ले एडसेन्स approval e-mail नपठाएसम्म पर्खेर बस्नुस । 

  एडसेन्स एप्रोभ भइसकेपछि गर्नुपर्ने कामहरुः

साइटमा कसरी प्रयोग गर्ने जसले आयमा बृद्धि गर्न मद्दत गर्दछ ?

प्रयोगका आफ्नै तरीकाहरु हुन सक्छन् । हुनत सबैको आ–आफ्नै तरीका र परिणामहरु हुनु स्वभाविकै हो । तर मैले यहाँ प्रस्तुत गरिरहेको विषय भने अलिक फरक छजसलाई मैले गुगल विज्ञापनहरुका विभिन्न आकार प्रकारहरुलाई विभिन्न तौल तरिकाहरुले मेरो ब्लग तथा साइटहरुमा राख्दा मैले पाएको अलग अलग परिणामहरु मध्येबाट उत्कृष्ट परिणामलाई तपाईंहरु समक्ष बाड्ने प्रयास हो । ती तरीकाहरु जसले मेरो आम्दानीमा दोब्बर रुपमा वृद्धि गर्न सहयोग पुरायो ।

त्यसो भए कसरी प्रयोग गर्ने त?

कसरी र कहाँ कुन साइजको विज्ञापन राख्ने भन्ने कुरा तपाईले डिजाइन गरेको अर्थात् तपाईको साइटको डिजाइनमा भर पर्दछ । जो कोही पनि तपाईंको ब्लग तथा साइटमा विज्ञापन हेर्न भनेर पनि आएका हुदैनन । बरु हुन सक्छ तपाईको साइटमा भएका राम्रा र आकर्षक सामाग्रीहरुका कारणले त्यो मन पराइ आएका हुन्छन । त्यसैले यो नै महत्वपूर्ण कुरा हो जुन विज्ञापन विज्ञापन जस्तो नदेखियोसत्यो साइटको कुनै अर्को कन्टेन्ट जस्तो देखियोस । जसले क्लिक तथा पेजइम्प्रेशन पनि बढाउने काम गर्छ । 

- मेरो सल्लाह र परीक्षण अनुसार  Search Ads नराख्नुस । यसबाट पैसा आउने चान्स कम्ती हुन्छ । त्यसैले यो प्रयोगको काम छैन ।-त्यसै गरी धेरै साइटहरुमा सबैले राख्ने गरेको अर्को चर्चित गुगुल विज्ञापन 468x60 px size हो जुन साइट तथा ब्लगमा राखेर केही फाइदा छैन । तपाइले पनि साइट तथा ब्लग हेडरको छेउछाउ यो विज्ञापन राख्नुभएको भए हटाइदिनु भए हुन्छ ।  यसमा एकदमै थोरै पैसा आउँछ । त्यसैले यो प्रयोग गर्नुको काम छैन ।


-  अब हामीले खास प्रयोग गर्ने गुगल विज्ञापनको साइज भनेको  336x280 को हो जुन चै सबैभन्दा बढी प्रभावकारी छयसमा बढी नै रकम पाइन्छ ।

त्यसैगरी अर्को भनेको प्रभावकारी विज्ञापनहरुमा  300x250, 160x600 हुन्   तर 336x280 र300x250 को विज्ञापनहरु प्रयोग गरे काफी हुनेछ ।



गृहपृष्ठमा विज्ञापन राख्दा 

only image and rich media ads राख्नुस । भित्री पेजमा  only image and rich media ads नै राख्नुस ।  अनि  160x600 को विज्ञापन प्रयोग गर्दा साइडबार मेनुको तलतिर राख्ने र
Text ads Only गर्ने र विज्ञापनको रंग साइटको टेक्स्टसँग मिल्दोजुल्दो बनाउने यसले थप आम्दानीमा  सहायकको भूमिका खेल्नेछ ।

-  अब ती माथिका प्रभावकारी विज्ञापनहरुलाई अझै प्रभावकारी बनाउन हामी ले विभिन्न तरीकाहरु अपनाउन सक्छौ जसमध्ये टेबलको प्रयोग अझै प्रभावकारी हुनेछ । यो टेबल काठको नभइ कोड हो । जस्तैः
भित्री पेजमा टाइटल भन्दा मुनी राख्ने : 

त्यसै गरी कन्टेन्ट को देब्रेपटि विज्ञापन देखाउन तलको टेबल प्रयोग गर्नुस
 <table border="0" align="left"><tr><td>
 यहाँ राख्नुस adsense code 336x280
</td></tr></table>
  
त्यसै गरी कन्टेन्ट को दाहिनेपटि विज्ञापन देखाउन तलको टेबल प्रयोग गर्नुस

<table border="0" align="right"><tr><td>

adsense code

</td></tr></table>

त्यसै गरी कन्टेन्ट को बीचमा विज्ञापन देखाउन तलको टेबल प्रयोग गर्नुस

<table border="0" align="center"><tr><td>

adsense code

</td></tr></table>



<table class='nonpadded-table' style='border:1px solid #000000;  background:#333333;padding:2px;text-align:center;' width='520'>
<td width='520'>
<div style='align:center; margin:50px 90px 50px 90px'>

Adsense Code यहाँ राख्ने :

</div></td></table>

- त्यसै गरी अर्को कुरा भनेको
High Paying Keyword प्रयोग गर्ने जसका लागि   www.adwords.google.com मा जानुस र Keyword tools मा जानुस अनि तपाइले लेख्दै गरेको सामाग्री सम्बन्धी शब्दहरु खोज्ने जस्तै तपाइ अर्थ सम्बन्धी केही लेख सामाग्री तयार पार्दै हुनुहुन्छ भने त्यो अर्थ सम्बन्धीका शब्दहरु खोज्नुस र ती सबै भन्दा बढी तिरिने शब्दहरु छानेर आफ्नो सामाग्रीमा पनि मिक्स गर्ने र सामाग्रीको टाइटलमा पनि राख्ने यसो गर्दा ती Keyword सम्बन्धी विज्ञापनहरु देखिन जान्छ  र पैसा पनि बढी नै आउँछ । 

- अहिलेलाई माथि उल्लेखित कुराहरु नै काफी छन् प्रयोग गरेर हेर्नुस । एकाउन्ट खोलेर अल्छी भएर बसेमा अवश्य पनि हुनेवाला केही छैन । विज्ञापन राख्दैमा पैसा आइहाल्छ भनेर बस्नु गलत हो । त्यसैले समय तालिका अनुसार गतिशील बन्नुसएडसेन्सले तपाईलाई दोब्बर तलब दिनेछ
  
- त्यसै गरी एकाउन्ट जोगाउनु अर्को चुनौती हो । जसलाई जोगाउनका लागि अघि माथि एकाउन्ट खोल्दा ५ कुरामा सम्झौता गर्नु भएको छ त्यहाँ हेर्नु त्यही अनुसार अघि बढ्नुस ।  


यी त भए केही साधारण जानकारीहरु । 

ब्लगिङ्गबाट अवस्य पनि मनग्गे आम्दानी गर्न सकिन्छ । योजनावद्ध रुपमा व्यवसायिक सोचले अगाडि बढ्नु जरुरी हुन्छ । जुन कुरालाई व्यवसायिक सोचमा लगाइन्छ र त्यो योजना अनुसार काम गरिन्छ भने फाइदा अवस्य हुन्छ । किनकी बाटोमा लडेको वियरको बोतललाई तेतिकै छोडिदिने भए त्यो फुट्छ अथावा माटोले पुरिदै जान्छ तर कुनै एउटा व्यक्ति त्यस्ता बोतलहरु भेला गरेर बेच्ने काम गर्छ भने उसले अवस्य आम्दानी गर्छ । त्यसैले ब्लगिङ्ग एडसेन्सलाई पनि व्यावसायिक रुपमा लिएर अगाडि बढौं । स्वरोजगार सिर्जना गरौं ।

0 comments:

अनलाईन काम र आम्दानी

केही समय अगाडी अनलाईन जब (Online Job) भनेर निशुल्क होष्ट गर्न सकिने वेबसाईटमा गुगलका ‌ बिज्ञापनहरुलाई क्लीक गर्न लगाई काम गर्ने गराउनेहरु प्रशश्त देखीए ।  केहीले सार्है छोटो समयमा राम्रै आम्दानी पनि गरे भनीयो भने केहीलाई धोकापुर्ण तरिकाले क्लीक गरे वापत 'गुगल' ले सस्पेन्ड (Suspend) गरीदिदा रित्तो हात हुनेहरु पनि देखीए । अहिले अनलाईन जब को कुरा आउदाँ सिकारुहरुको लागी गुगल एडसेन्स (Google Adsense) बाट गर्न सकिने आम्दानीको खासै कुरा हुदैन । हुन पनी गुगलले केहीले प्रचार गरे जस्तो गरी कसैलाई पनि ह्वारह्वार्ती पैसा बर्साउदैन र अर्को मुख्य कुरा भनेको गुगलले प्रदान गर्ने बिज्ञापन र त्यस बापतको  रकम भनेको सर्वसाधरणले आफ्नो बस्तु वा सेवाको बजार प्रवर्दन गर्न गुगललाई दिए वापतको रकम हो जसको सञ्चालन गुगलले आफ्नो प्रणालीवाट गरी रहेको हुन्छ जसबाट निश्चीत रकम गुगलले लिएर विज्ञापन वापतको वाँकी रकम एडसेन्स प्रयोगकर्तालाई दिने गर्दछ । यस्तोमा भनिरहन पर्दैन दाताले विज्ञापन वापत त्यसबेला मात्र भुक्तानी (Payment) गर्छ जस्को औचित्य पुष्टी होस । गुगल होस वा सर्वसाधरण जसले पनि आफ्नो भुक्तानी सम्बन्धीत र सही ब्यक्तीलाई पुगीरहेको छ कि गलत तरीकाले भुक्तानी पुष्टी गर्न खोज्नेहरुको मा पुगीरहेको छ त्यो त हेर्छ नै तर यस्तोमा गुगललाई ढाट्न सकिदैन । धेरै बाठो भएर पैसा कमाउन खोज्नेहरु यहीबेला चुक्छन भने अर्को तिर गुगलका शर्तहरुलाई पुर्णत पालन गरेर राम्रै आम्दानी गर्नेहरु पनि प्रशश्तै भेटिन्छन ।  गुगलको प्रणालीले बुझ्ने अंग्रेजी भाषामा बनाईएका ब्लग तथा वेबसाईटहरु बाट सम्न्धीतको वेबसाईटको कन्टेन्ट (Content) मा आधारीत बिज्ञापन राखेरै गुगल बाट आम्दानी गर्नेहरु नि मनग्यै छन तर यसको लागी गुगल बिज्ञापन शर्तहरु बारेमा राम्रो जानकारी हुनु पर्दछ । गुगलको बिज्ञापन सम्बन्धी आफ्नै निती छ । 

गुगलललाई छोडेर मासिक न्युनतम दश , पन्ध्र हजार कमाउन सकिने भनिएका सबै 'अनलाईन जब' का बिज्ञापनहरु पुर्णत असत्य भने हैनन  । तर यो लक्ष्य प्राप्तिको लागी सम्बन्धीत ब्यक्तीको अंग्रेजी भाषा, ईन्टरनेट लगायत अन्य आधारभुत सफ्टवेयर सम्बन्धी ज्ञान भने उम्दा हुनु पर्दछ । मुख्यत: ईन्टरनेट र भाषा सम्बन्धी सिमीत ज्ञान भएको ब्यक्तीलाई माथी उल्लेख गरे झै मासिक १० देखी १५ हजार आम्दानी गर्न भने धेरै नै कठिन पर्छ ।  ईन्टरनेटमा अनलाईन काम गरेर पैसा कमाउनको लागी ‘डाटा ईन्ट्री (Data Entry) ’, ‘डाटा कन्भर्सन (Data Conversion) ’, ‘डाटा एड पोष्टिङ (Data Ad Posting) ’,‘अनलाईन फर्म फिलिङ (Online Form Filling) ’ ,  'सर्च ईन्जीन अप्टीमाईजेशन (Search Engine Optimizetion) ', 'कन्टेन्ट राईटिङ्ग (Content Writing) ',  'वेब डिजाईनिङ्ग (Web Desiging) ' , 'कम्प्युटर तथा मोबाईल एप्लीकेशन  (Computer & Mobile Application) निर्माण' ,  आदी कामहरु पाईन्छ । बजारमा बिषयगत दक्षता आवश्यक पर्ने काममा ठगिने हरु तुलनात्मक रुपमा डाटा ईन्ट्री , डाटा एड पोष्टीङ्ग , डाटा कन्भर्सन जस्ता कामहरु गरी मासिक हजारौ आम्दानी गर्ने सपना बोकेका हरुको तुलनामा धेरै नै कम छन  । 

धेरैलाई डाटा एड पोष्टीङ्ग , डाटा कन्भर्सन , डाटा ईन्ट्री जस्ता कामहरु जो कोहीले गर्न सक्ने काम हो भन्ने भ्रम रहेको पाईन्छ । केही आक्कल झुक्कल र सानो सङ्ख्यामा कुनै लिङ्कलाई अर्को वेबसाईटमा पोष्ट गरेर केही पैसा कमाउने  काम भेटिएला तर धेरै यस्ता डाटा एड पोष्टीङ्ग, कन्भर्सन, ईन्ट्री जस्ता कामहरु दिने क्लासिफाईड वेबसाईटहरुमा आफ्नै निती नियम हुन्छन । जस्तो कि कुनै बिषयको बिज्ञापन फलानो देश जनाउने डोमेन भएको क्लासिफाईड साईटमा गएर पोष्ट गर्नु पर्ने ,  आफुले पोष्ट गरेको बिज्ञापन एक्सेस गर्नको लागी डाईरेक्ट लिङ्क (Direct Link) दिनु पर्ने,  बिज्ञापन दोर्ह्याएर पोष्ट गर्न नपाईने  आदी आदी । डाटा ईन्ट्री गर्ने काममा दाताले तपाईले ईन्ट्री (Entry) गरेको डाटामा धोखाखडी नहोस भनेर बिभिन्न सावधानी अपनाएको हुन्छ । स्क्यान (Scan) गरीएका किताबलाई टाईप गर्ने काम गर्दा तपाईले केही राम्रै आम्दानी गर्न सक्नु हुन्छ तर यस्तो काम दिने अधिकांस तपाईले टाईप गरेको कन्टेन्ट गतल भएमा यतिवटा गल्ती भएमा यती पैसा काट्ने भन्ने सम्मको प्रावधान राखेका हुन्छ । त्यस्तै बिषयगत ज्ञानको आधारमा गर्न सकिने कन्टेन्ट राईटिङ्ग जस्ता कामहरु बाट पनि आम्दानी गर्न सकिने भएता पनि तपाईले कतैबाट हुबहु सार्नु भो भने सजिलै पक्राउ खानु हुन्छ ।  यस्तोमा तपाईको सानो असावधानीले ठुलो मेहनत खेर जान सक्छ ।  केही वेबसाईटहरुले अनलाईन जब गर्नको लागी एक ब्यक्ती सो साईटमा एउटा मात्र खाता बनाउन पाईने प्रावधान गरेको पाईन्छ ।  सजिला कामहरु गर्नको लागी ति साईटहरुमा एकभन्दा बढी खाता बनाएर राम्रो आम्दानी गरीसके पछी अचानक ब्लक भएकाहरु पनि भेटिन्छन ।

नेपालमा ईन्टरनेट मार्फत अन्तराष्ट्रीय फण्ड ट्रान्सफरको प्रावधान नभएकोले आफ्नो काम गरेको वापतको सहज भुक्तानी एउटा मुख्य समस्या हो । यि र यस्तै अन्य बिषय बारे आगामी अंकमा जानकारी दिईने छ 

1 comments: